सबैको लघुवित्तले सदस्यलाई दियो ह्याण्ड वाश, हार्पिक तथा फिनेल बनाउने तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 08:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले सदस्यलाई ह्याण्ड वाश, हार्पिक तथा फिनेल बनाउने तालिम प्रदान गरेको छ । तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको ज्योतिनगर शाखाका आफ्ना ३९ जना ग्राहक सदस्यहरुलाई तालिम प्रदान गरेको हो । 

 ह्याण्ड वाश बनाउन चाहिने सामग्री, ह्याण्ड वाश बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, हार्पिक बनाउन चाहिने सामग्री, हार्पिक बनाउन चाहिने कच्चा पदार्थको उपलब्धता, मूल्य, फिनेल बनाउन चाहिने सामग्री, फिनेल बनाउन चाहिने कच्चा पदार्थहरुको उपलब्धता, मूल्य, संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताएए ।

संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको जनाएको छ। 

 सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved