सिभिल लघुवित्तद्वारा कर्मचारीहरुलाई ग्राहक संरक्षणका सिद्धान्त सम्बन्धी तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 07:29:05 PM मा प्रकाशित

laxmi bank

सिभिल लघुवित्त वित्तीय संस्थाले भर्चुअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । कम्पनीले ग्राहक सदस्यहरु  र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीहरुलाई तालिम प्रदान गरेको जनाएको छ ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ ग्राहक सदस्यलाई सर्वोपरि मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुसरण गर्दै आफ्ना दैनिक कामकार्वाहीहरु नियमित रुपमा गर्नको लागि निर्देशन दिएका छन्।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको सिभिल लघुवित्तले देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालयहरु मार्फत  सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved