मर्जरपछि लघुवित्तको नाम नेशनल समीट माइक्रोफाइनान्स हुने तय, स्वाप रेसियो कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 10:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच बुधबार साँझ मर्जर सम्झौता भएको हो 

नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंक लगायत दश वटा बैंक तथा वित्तीय संस्था   द्धारा प्रर्बधित नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेड बिच संस्थालाई थप सबल,  सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि मर्जर सम्झौता गरिएको नेशनलले जनाएको छ । 

आपसी समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात रु.८२ । (अर्थात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयर बरावर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने सहमति भएको छ।  मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ।

मर्जर पश्चातहुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने सहमति भएको छ । त्यसैगरी संस्थाको चुक्तापूँजी रु.१ अर्व भन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम रु. १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved