माइक्रोफाइनान्स एसोसिएसनले भन्यो 'लघुवित्त क्षेत्रमाथिको आक्रमण अराजकताको पराकाष्ठा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 03:32:39 PM मा प्रकाशित

laxmi  sunrise bank

माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटनाको भर्त्सना गरेको छ । एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी गोपाल प्रसाद उपाध्याय माथि जाजरकोटको भेरी नगरपालिकामा २०७९ फाल्गुन १६ गते अज्ञात समुहले कालोमोसो दलि अमानविय तरिकाले कुटपिट समेत गरि समुहवाट संकलन भएको रकम लुटेर फरार भएको घटनाको भर्त्सना गरेको हो।

एसोसिएसनले वित्तीय पहुँच नपुगेका दुरदराजका गाउँहरुमा पुगि वित्तीय सेवा दिदै ग्रामिण महिलाहरुको आत्मनिर्भरता र शसक्तिकरणका लागि काम गर्ने क्रममा जाजरकोटमा लघुवित्तका कर्मचारी माथी अमानविय तरिकाले कुटपटि गरि समग्र लघुवित्त क्षेत्रलाई नै आक्रमण गर्न खोज्नु अराजकताको पराकाष्ठा भएको जनाएको छ। लोकतान्त्रिक मुलुकमा यसरी दिनदहाडै आफ्नो काममा हिडेको व्यक्ति कुटिनुमा राज्यको सुरक्षा प्रणालीमै प्रश्न उठेको एसोसिएसनले उल्लेख गरेको छ ।

यस्तो परिस्थितीमा काम गर्न निकै असहज हुने भएकोले यस्ता व्यक्तिहरुलाई कानुनी कारवाही गरि आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन आबश्यक सुरक्षा व्यबस्था मिलाई कर्मचारीहरुलाई शान्तीपुर्ण तरिकाले काम गर्ने वातावरण मिलाईदिन सम्बन्धित निकायलाई एसोसिएसनले आग्रह गरेको छ ।

यस्तो छ एसोसिएसनको विज्ञप्ति जस्ताको तस्तै:  

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. मा कार्यरत कर्मचारी श्री गोपाल प्रसाद उपाध्याय माथि जाजरकोटको भेरी नगरपालिकामा २०७९ फाल्गुन १६ गते अज्ञात समुहले कालोमोसो दलि अमानविय तरिकाले कुटपिट समेत गरि समुहवाट संकलन भएको रकम लुटेर फरार भएको घटनाप्रति माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) ले घोर भत्र्सना गर्दछ ।

नेपालका दुर दराजका गाउँहरुमा बैकिब पहँच, महिला सशक्तिकरण र उद्यमशिलता विकास गरि गरिवी न्युनिकरण गर्ने उद्देश्यका साथ लघुवित्त वित्तिय संस्थाहरु झण्डै ३ दशकदेखि औपचारिक रुपमा क्रियाशिल रहेका छन् । लघुवित्त सेवा प्रदान गरेका लघुवित्त वित्तिय संस्थाहरुले आफना सदस्यहरु मार्फत बिना धितो कर्जा लगानी गर्ने भएकाले वित्तिय पहँचमा लघुवित्तको अनुकारणीय योगदान रहेको प्रष्ट छ । नेपाल राष्ट्र बैक तथा अन्य नियामक निकायहरुको नियमन÷ निर्देशनको अधिनमा रही ग्राहकहरुको संरक्षण,वित्तीय आवश्यकता र हितलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रबाह गर्नु यी संस्थाहरुको जिम्मेवारी र कर्तव्य भएको कुरामा कुनै शंका छैन ।

वित्तीय पहुँच नपुगेका दुरदराजका गाउँहरुमा पुगि वित्तीय सेवा दिदै ग्रामिण महिलाहरुको आत्मनिर्भरता र शसक्तिकरणका लागि काम गर्ने क्रममा जाजरकोटमा लघुवित्तका कर्मचारी माथी अमानविय तरिकाले कुटपटि गरि समग्र लघुवित्त क्षेत्रलाई नै आक्रमण गर्न खोज्नु अराजकताको पराकाष्ठा हो। लोकतान्त्रिक मुलुकमा यसरी दिनदहाडै आफ्नो काममा हिडेको व्यक्ति कुटिनुमा राज्यको सुरक्षा प्रणालीमै प्रश्न उठेको छ । यस्तो परिस्थितीमा काम गर्न निकै असहज हुने भएकोले यस्ता व्यक्तिहरुलाई कानुनी कारवाही गरि आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन आबश्यक सुरक्षा व्यबस्था मिलाई हाम्रा कर्मचारीहरुलाई शान्तीपुर्ण तरिकाले काम गर्ने वातावरण  मिलाईदिनुहुन सम्बन्धित निकायलाई आग्रह गर्दछौँ ।

अत्यमा लघुवित्त वित्तीय संस्थाहरुमा आवद्ध सम्पुर्ण कर्मचारी साथीहरुलाई यस्तो बिषम परिस्थितीमा कत्तिपनि विचलित नभ ई आफनो सुरक्षामा सचेत हुदै सजग तरिकाले आफ्ना ग्राहक सदस्य,अभिभावक र स्थानिय निकायसगँ समन्यय गरि दैनिक क्रियाकलाप गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved