मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तले भने 'मर्जरको लागि स्वाप रेसियो तय भएको छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2023 | 01:11:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तले मर्जरको लागि स्वाप रेसियो तय भईनसकेको बताएका छन् । दुवै लघुवित्तले हाल मर्जरको लागि सम्झौता मात्र भएको र स्वाप रेसियोको बारेमा कुनै निर्णय भईनसकेको बताएका हुन् ।

श्रृजनशील लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बटुक शमसेर श्रेष्ठले अहिले बजारमा १:१ को स्वापमा मर्जर हुन लागेको भन्दै हल्ला चलेको र त्यसमा कुनै सत्यता नरहेको बताए । उनले मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३-३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिएको र मर्जरको बाँकि काम समितिले गर्ने तथा डिडिए गरेपछि स्वाप रेसियो तय हुने उनले बताए ।

त्यस्तै मानुषी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले पनि डिडिए नै सम्पन्न नभएकोले बजारमा आएका हल्ला गलत भएको बताईन् । उनले १:१ को स्वाप रेसियो हल्ला मात्र भएको बताउदै डिडिएले स्वाप तय गर्ने र त्यस क्रममा मानुषी लघुवित्तको स्वाप श्रृजनशीलको भन्दा केहि कम हुन सक्ने बताईन् । 

गत बिहीबार दुई संस्था एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो  । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरका संस्था हुन् । समान चुक्ता पूँजी रहेका दुवै संस्थाले सर्वसाधारणमा शेयर जारी गरि सकेका छन् भने नेपाल स्टक एक्सचेन्जमा कारोबार समेत भइसकेको छ । मर्जर पछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने गरि प्रस्ताव गरिएको छ । 

कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३-३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिने छ। साथै मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको छ । 

यस आ.व. को दोस्रो त्रैमास सम्ममा श्रृजनशील लघुवित्तले देशभर ३३ वटा शाखा मार्फत ४१,९४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ वटा शाखा मार्फत ३४,३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved