जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 10:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जर सम्झौता भएको छ । दुई संस्थाबीच साउन ९ गते मंगलबार साँझ मर्जर सम्झौता भएको हो ।

मर्जर सम्झौता भएसंगै दुवै कम्पनीको आधारभूत शेयरधनीको शेयर कारोबार रोक्का हुने छ । हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ ।  

जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

केहि दिन यता किसान लघुवित्तको शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved