आन्दोलन गरिरहेका लघुवित्त पीडितहरुसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 05:09:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रालयले काठमाडौँमा आन्दोलन गरिरहेका लघुवित्त पीडितहरुसँग वार्ता गर्न समिति बनाएको छ । अर्थ मन्त्रालयको मन्त्रीस्तरीय बैठकले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा समिति बनाएको हो ।

लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिको नाममा केही व्यक्तिहरुले संघर्षका कार्यक्रम घोषणा गरेको सन्दर्भमा आन्दोलनरत पक्षले उठाएका लघुवित्त वित्तिय संस्था सम्वन्धी मागका विषयमा छलफल एवम् सम्वाद गरी समाधानका लागि पहल गर्न समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।

उनका अनुसार समितिमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहने छन् । 

लघु वित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुनुवाईका लागि नेपाल राष्ट्र बैंकले अलग्गै डेस्क स्थापना गरी गुनासो सम्बोधन गर्दै आएकोले ब्याजदर लगायतका विषयमा कुनै गुनासो भए नेपाल राष्ट्र बैंकमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved