समस्याग्रस्त सुपर लघुवित्त व्यवस्थापनको जिम्मा कार्की र पोख्रेललाई दिने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 08:28:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको जिम्मा २ सदस्यीय व्यवस्थापन समूहलाई दिने तयारी गरेको छ । राष्ट्र बैंकले निर्मल कुमार कार्की संयोजक र शेष नारायण पोखरेल सदस्य रहेको व्यवस्थापन समूह गठन गरि उनीहरुलाई सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको जिम्मा दिने तयारी गरेको छ  ।

राष्ट्र बैंकले खुला प्रतिस्पर्धाबाट उनीहरुलाई छनौट गरेको हो । राष्ट्र बैंकले उनीहरुलाई भदौ १५ गते भित्र सम्पर्क गर्न आग्रह गरेको छ  । यदी भदौ १५ भित्र सम्पर्क नगरेमा वैकल्पिक उम्मेदवारलाई नियुक्त गरिने राष्ट्र बैंकले जनाएको छ । वैकल्पिक उम्मेदवारको रुपमा संयोजकतर्फ मिन बहादुर बोहरा तथा सदस्यतर्फ देव चन्द्र राय र कुल चन्द्र पराजुली रहेका छन्  ।

राष्ट्र बैंकले सर्ट लिस्टमा परेका ९ जनाको अन्तर्वार्तापछि मुख्य उम्मेदवार र वैकल्पिक उम्मेदवार चयन गरेको हो  ।  १४ जनाको आवेदन परेकोमा राष्ट्र बैंकले आवेदकको शैक्षिक योग्य,कार्य अनुभव, व्यवसायिक कार्ययोजना र सो को प्रस्तुतीकरण मार्फत ९ जनालाई अन्तर्वार्ताको लागि सर्टलिस्ट गरेको थियो ।

 नेपाल राष्ट्र बैंकले असार १४ गते समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्नु पर्ने भएकोले १ जना संयोजक र १ जना सदस्यको लागि  दरखास्त आह्वान गरेको थियो।  जसमा संयोजक पदको लागि ९ जना र सदस्य पदको लागि ५ जनाको आवेदन परेको थियो।

 संयोजक पदमा आवेदन दिएका ९ जना मध्ये ५ जना  र सदस्य पदमा आवेदन दिएका ५ मध्येबाट ४ जना अन्तर्वार्ताको लागि छनौट भएका थिए । संयोजक पदतर्फ अन्तर्वार्ताको लागि छनौट हुनेमा शेष नारायण पोख्रेल,  तेजेन्द्र शर्मा लम्साल, मिन बहादुर बोहरा, निर्मल कुमार कार्की र कुलमणि तिम्सिना रहेका थिए।  त्यस्तै सदस्य पदतर्फ अन्तर्वार्ताको लागि छनौट हुनेमा शेष नारायण पोख्रेल, कुल चन्द्र पराजुली, रुपक थापा र देव चन्द्र राय रहेका थिए ।  

 राष्ट्र बैंकले सुरुमा वैशाख २८ गते पहिलो पटक र जेठ १९ गते दोस्रो पटक सूचना जारी गर्दै दरखास्त माग गरेको थियो । तर २ पटक पनि जनशक्ति फेला नपरेपछि राष्ट्र बैंकले योग्यता घटाउँदै र तलव बढाएर असार १४ गते नयाँ सुचना जारी गरेको थियो । त्यसपछि भने आवेदन परेको हो।  

 संयोजकले १ लाख ९० हजार तलब पाउने छन् भने सदस्यले १ लाख ५० हजार तलव पाउने छन् ।

यो पनि  : समस्याग्रस्त सुपर लघुवित्तलाई भेटिएनन् जनशक्ति, योग्यता घटाउँदै तलव बढाएर फेरि सूचना जारी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved