साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुने, यस्ता छन् सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2023 | 10:03:20 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुने भएका छन्। दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा भदौ १५ गते शुक्रबार हस्ताक्षर भएको छ ।

साधना लघुवित्तको केन्द्रीय कार्यालय गोरखामा रहेको छ भने सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँमा रहेको छ । मर्जर सम्झौता भएसंगै दुवै कम्पनीको आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का हुने छ । 

साधनाको प्रमुख संस्थापकमा कुमारी बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, एक नारायण चापागाई लगायत रहेका छन् । सबैको लघुवित्तको प्रमुख संस्थापाकमा शशिकान्त अग्रवाल, पृथ्वी, चन्द्र ढकाल, हेमराज ढकाल, रेखा घिमिरे लगायत रहेका छन्  । 

मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने सहमति भएकोछ । उक्त सम्झौतामा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका छन् । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका केशब कुमार पौडेल रहने सहमति भएको छ । 

सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेकोछ । त्यस्तै साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेकोछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved