आशा लघुवित्तलाई विवाद समाधान गर्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 12:25:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्त वित्तीय संस्थाका २०० भन्दा बढी कर्मचारी सामुहिक राजिनामा दिएर यतिबेला आन्दोलनरत  छन् । मंसिर ११ मा सामूहिक राजीनामा बुझाएका उनीहरुले  कामकाज नै ठप्प पारेका छन् । आन्दोलनका कारण लघुवित्तको सेवा प्रवाह प्रभावित भएको छ । 

लघुवित्तमा आन्दोलन भइरहँदा नियामक निकाय नेपाल राष्ट्र बैंकले भने आफुलाई औपचारीक जानकारी नभएको जनाएको छ।  नियामक निकाय नेपाल राष्ट्र बैंकमा कुनै जानकारी नआएको लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल बताउँछन् । उनका अनुसार लघुवित्तको व्यवस्थापन तथा कर्मचारी कोही कसैबाट पनि औपचारिक पत्र आएको छैन् ।  यद्यपि कर्मचारीहरुले भने मङ्सिर १ गते नै राष्ट्र बैंकलाई पनि पत्र पठाएर जानकारी गराएको बताएका छन् ।

पत्र नआएको भए पनि सञ्चारमाध्यमबाट जानकारी पाएर समस्या समाधान गर्न मौखिक निर्देशन दिएको राष्ट्र बैंकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बिजपाटीलाई जानकारी दिए । बिजपाटीसँग उनले भने, 'सञ्चारमाध्यमबाट मैले जानकारी पाएर समस्या समाधानका लागि र्मौखिक निर्देशन दिएको छु । '

उनले आशा लघुवित्तको यो विषय कम्पनीभित्रको आन्तारिक विषय भएको जिकिर गर्दै कम्पनी आफैंले समाधान गर्न सक्ने बताए । मर्जरसम्बन्धी विषय पनि किचलोको कारण रहेको भन्ने विषयमा औपचारिक रुपमा जानकारी नआएको हुनाले आफूलाई धेरै जानकारीमा नभएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved