स्वस्तिक लघुवित्तले गर्यो कर्मचारीका अभिभावकसँग अन्तरक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 01:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्तले आफना संस्थामा कार्यरत सम्पुर्ण कर्मचारीहरु र तिनका अभिभावकहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

मंसिर ९ गते शनिबार सम्पन्न कार्यक्रममा कर्मचारीहरुले वित्तीय संस्थामा कसरी काम गरिरहेको छन्, कर्मचारीहरुले पाउने सेवासुविधाहरु के के हुन, काम गर्ने क्रममा जानीनजानी के कस्ता वित्तीय अपराधहरु गरिरहेको छ र उक्त अपराधले कर्मचारी र निजको परिवारमा कस्ता नकारात्मक समस्याहरु सिर्जना हुन सक्छभन्ने विषयमा छलफल भएको कम्पनीले जनाएको छ । 

त्यसैगरी, वित्तीय व्यवस्थापन गर्न नसक्दा कसरी आर्थिक अवस्था विग्रिदै जान्छ, परिवारले कर्मचारीको आम्दानी भन्दा बढि रकमको आश गर्दा कर्मचारीलाई कसरी आर्थिक अपचलन गर्न बाध्य बनाउछ । साथै कर्मचारीहरुको वास्तविक आम्दानी बारे जानकारी गराउदै आम्दानीभन्दा बढिको जीवनशैली भएमा उक्त बिषयमा अभिभावकले पनि किन र कसरी कर्मचारीको व्यवहारलाई बिश्लेषण गर्ने लगायत हालको लघुवित्त क्षेत्रको अवस्थाबारे जानकारी गराउन यस कार्यक्रमको उद्येश्य रहेको प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले जानकारी दिए । 

संचालक समितिको अध्यक्ष सत्यनारायण झाको प्रमुख अतिथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वित्तीय अपराध गर्दा हुने कानुनी सजायहरुको बारेमा यस वित्तीय संस्थाका कानुनी सल्लाहकार अधिवक्ता राजदेव यादबले जानकारी गराएका थिए ।

हाल वित्तीय क्षेत्रमा विभिन्न किसिमका बाह्य समस्याहरु रहेको र उक्त समस्यहरुको सामाधान गर्नका लागी पहिला आन्तरिक समस्याहरु सामाधान गर्न आवश्यक रहेको हुदाँ यस वित्तीय संस्थाले आन्तरिक समस्या सामाधान गर्न यस अन्तरक्रिया कार्यक्रमले ठुलो भुमिका निर्वाह गर्ने विश्वास सिईओ कर्णको रहेको छ ।

बाह्य समस्या सामाधानको लागि यस वित्तीय संस्थाका ग्राहक सदस्यहरु तथा तिनका अभिभावकहरुसँग पनि नियमित अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दे आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिदै जाने जानकारी सिईओ कर्णले दिएका छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved