
स्टक डिलर कम्पनीले एकपटकमा निश्चित कित्ता मात्र शेयर खरिदगर्न पाउने भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले स्वीकृत गरेको कार्यविधिले डिलरले खरिद गर्ने शेयरको अधिकतम कित्ता नै तोकेको हो ।
नेप्सेले 'धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य संचालन कार्यविधि २०७७' स्वीकृत गरेको हो । जसमा कम्पनीको चुक्ता पुँजीको आधारमा एक पटकको कारोबारमा खरिद गर्न मिल्ने शेयरको अधिकतम कित्ता कित्ता तोकिएको हो।
जस अनुसार स्टक डिलरले एक पटकमा निम्न शेयर मात्र खरिद गर्न पाउने छ :
स्टक डिलरले २० करोड भन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेश गराउन पाउने छैन । त्यस्तै स्टक डिलरले एक पटकमा १ हजार भन्दा कम कित्ता शेयर खरिद वा बिक्रि गर्न पाउने छैन ।
यो पनि :