शेयर बजार १८ अंकले घट्यो, तीन कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 03:19:50 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसुचक नेप्से घटेको छ । आज नेप्से सुचक १८.०६ अंकले घटेर १ हजार ८ सय ५८ दशमलव ५३ को बिन्दुमा बजार बन्द भएको छ । 

नेप्सेका अनुसार आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ र ६ कम्पनीको शेयर मुल्य स्थिर छ ।

यसदिन २८९ कम्पनीको शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाको शेयर कारोबार भएको छ । जसमध्ये नेपाल इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ११ करोड ६७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको हो । त्यसैगरी सोनापुर मिनरल्सको ८ करोड बढीको शेयर कारोबार भएको छ । 

त्यस्तै सबैभन्दा बढी शेयर मुल्य बढ्नेमा रुरु जलिविद्युत परियोजना रहेको छ भने तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड आईडीआई मर्दीको शेयर मुल्य १० प्रतिशतले घटेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved