दोहोरो अंकले बढ्यो शेयर बजार, पौने ३ अर्बको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 03:16:52 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम कारोबार दिन बिहीबार आज शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सुचक ११.७३ अंकले बढेर १ हजार ८ सय ५२.७७ को बिन्दुमा बजार बन्द भएको छ । 

नेप्सेका अनुसार आज १७५ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ र ८ कम्पनीको शेयर मुल्य स्थिर छ ।

यसदिन २९९ कम्पनीको शेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको शेयर किनबेच भएको छ । आज नेप्सेमा नेपाल रि इन्स्योरेन्सको सर्वाधिक शेयर किनबेच भएको छ । कम्पनी एक्लैको संस्थापक शेयर ८६ करोडभन्दा बढी भएको छ । त्यसैगरी सिटीजन लाईफ इन्स्योरेन्सको ९ करोड ५४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको ९ करोड २७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै सबैभन्दा बढी शेयर मुल्य बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी रहेको छ । आजै मात्रै कारोबार शुरु भएको कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, समाज लघुवित्त, सिर्वासी लघुवित्तको शेयर भाउ ९ प्रतिशत बढीले बढेको छ । आज ग्लोबल आइएमइ लघुवित्तको शेयर मुल्य ७।८१ प्रतिशतले घटेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved