शेयर बजार बढ्यो, चार कम्पनीको शेयर मुल्यमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 03:14:05 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम कारोबार दिन बिहीबार आज शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ६.५५ अंकले बढेर १९९४.६० को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३०० कम्पनीका ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब १५ करोड १६  लाख ३५ हजार ७ सय ५० रुपैयाँ १२ पैसाको शेयर कारोबार भएको छ । जस मध्ये सोनापुर सिमेन्टको सर्वाधिक १६ करोड ४ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४९ लाख, हाथवेको ९ करोड १३ लाख , शिवम सिमेन्टको ९ करोड १२ लाख तथा आइएमई लाईफको ७ करोड ७५ लाखको कारोबार भएको छ ।

आज बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लीका मीडियाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिडसोलु हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, आँखु खोला जलविद्युत, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved