आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट, सबै समुह रातो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 03:11:05 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १९.५६ अंकले घटेर १९७२.१४ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका ३१५ कम्पनीमा ५३ लाख ४४ हजार ६ सय १३ कित्ता शेयर खरिदबिक्रीबाट २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ ७८ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १७ करोड ८२ लाखको कारोबार भएको छ भने सुर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाखको कारोबार भएको छ । त्यस्तै पोखरा फाइनान्सको ७ करोड ३७ लाख तथा शिवम सिमेन्टको ५ करोड ४५ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये खानीखोला हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयर मूल्य ६.२१ प्रतिशत बढेको छ । एनआईसी एशिया ग्रोथ फण्ड २ को शेयर मूल्य ५.७१ प्रतिशत तथा मध्य भोटेकोशी हाइड्रोको शेयर मूल्य ५.७० प्रतिशत बढेको छ । आज रुरु हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ भने गोरखा फाइनान्सको शेयर मूल्य ९.३९ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये लघुवित्त समुह सर्वाधिक १.७२ प्रतिशत घटेको छ । आज कारोबारमा आएका मध्ये २७ कम्पनीको मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved