भुक्तानी सेवा प्रदायकले २० प्रतिशत मात्र कर्मचारी राख्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 10:21:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकबाट अनुमति प्राप्त सम्पूर्ण भुत्तानी सेवा प्रदायक संस्थाहरुलाई यस कोरोना महामारीको समयमा पूर्ण सजगताका साथ भुत्तानी सेवा प्रदान गर्न अनुरोध गरेको छ । 

राष्ट्र बैंकले सुचना जारी गर्दै नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनलको सुरक्षा मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ती तथा सेवाग्राहीमा संक्रमण जोखिम न्युन गर्नका लागी आवश्यक उपाय अवलम्बन गर्न आग्रह गरेको हो । 

संस्थाहरुलाई कार्यालयमा नै उपस्थित नभई काम नहुने अवस्थामा मात्र न्युन कर्मचारीको उपस्थितिमा कार्यसम्पादन गरी अन्य कामको लागी सुचना प्रविधिको उच्चतम प्रयोग मार्फत Work From HOme तथा remote Acess  बाट काम गर्न अनुरोध गरेको छ ।

निषेधाज्ञा जारी भएका स्थानहरुमा रहेका कार्यालयहरुको हकमा २० प्रतिशत मात्र कर्मचारी मार्फत कार्यसम्पादन गर्न र विभिन्न निकायबाट जारी भएका र हुने निषेधात्मक आदेशको पालना गरी स्थानीय तहसँगको समन्वयमा सेवा सञ्चालन गर्न राष्ट्र बैंकले आग्रह गरेको हो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved