किन चलेन रिचार्जर एप ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2021 | 01:58:41 PM मा प्रकाशित

laxmi  sunrise bank

इकमर्श प्लेटफर्म रिचार्जरको प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको छ । रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अबरुद्ध हुन पुगेको हो ।

दुवै प्लेटफर्ममा देखिएको समस्या निराकरणको काम भईरहेको बताउँदै ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले सेवाग्राहीसँग क्षमा याचना मागेका छन् । 

एप सुचारु भए पछि पुर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने उनले जानकारी दिए । उनका अनुसार शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भए पछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिड सम्बन्धी वस्तु तथा उपकरण उपलब्ध हुनेछ ।

रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved