फोहोर व्यवस्थापन बिल खल्तीबाट भुक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 02:29:45 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा प्रयोगकर्ताहरूलाई  खल्तीबाट निःशुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ । 

फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेट बीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिना कुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलन को बिल तिर्न सकिने भएको छ । हाल खल्तीले यो सेवा उपत्यकाको चार  क्षेत्रहरु Action Waste Baneshwor, Active Nepal Boudha, Sarbakalyan Sewa Thankot र Clean Nepal मा मात्र संचालनमा ल्याएको छ । आगामी दिनमा चाँडै नै थप कम्पनीहरु सँग सहमति र सहकार्य गरी फोहोर व्यवस्थापन बिल खल्ती मार्फत घरैबाट तिर्न सकिने सुविधा ल्याउने तयारी खल्तीले गरिरहेको जनाइएको छ ।  

सम्झौतामा हस्ताक्षर गरिसके पश्चात, खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भूर्तेलले भने ‘फोहोर संकलन गर्ने कम्पनीहरुसँगको यो सहकार्यले अब कुनै पनि समयमा फोहरमैलाको रकम झन्झटरहित तवरले जुनसुकै ठाउँ र समयमा तिर्न धेरै नै सहज हुने अपेक्षा हामीले (खल्ती) राखेका छौँ । उक्त सेवा सफ्टवेर कम्पनी यूपी कोर्ड नेपालको सहयोगमा सुरुवात भएको हो जसप्रति हामी निकै नै कृतज्ञ छौँ । यसले निश्चय नै डिजिटल युगमा नयाँ क्रान्ति ल्याउन थप सहयोग पुग्नेछ ।’ 

यो सेवा लिन, खल्तीको होम स्क्रिनमा रहेको Waste मा ट्याप गरी आफ्नो फोहोर संकलन गर्ने कम्पनी छान्नुपर्ने हुन्छ । त्यसपछि, आफ्नो कार्ड नम्बर भरि “Get Details” बटनमा ट्याप गरेपछि अर्को स्क्रिनमा कुल रकम देखा पर्नेछ । अब, सबै विवरण ठिक भएको यकिन गरी सिधै बिल भुक्तानी गर्न सकिन्छ । 

खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउँदै आइरहेको र यसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार झन्झटरहित र सरल बनाउनु रहेको खल्तीले बताएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved