फोन पेको क्यूआरमा उपहार योजना, हरेक दिन १ लाख जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 05:23:24 PM मा प्रकाशित

laxmi  sunrise bank

फोन पे पेमेन्ट सर्भिसले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ नामक योजना ल्याएको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको फोन पेले जनाएको छ ।

फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना ठूला सबै व्यवसायलाई समेट्ने योजना श्रावण १३ गतेदेखि ३ महिनासम्म सञ्चालन हुनेछ । यस योजनामा हरेक दिन क्यूआरआर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट) ले हरेक दिन १ लाख रूपैयाँ जित्न सक्नेछन् । 

यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आवद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्यान नम्बरमार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।

यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुनेछन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेसबुक लाइभ मार्फत  गरिने छ । 

पmोनपे पे नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । १ करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved