अब खल्तीबाट आफ्नो बैंक खातामा 'एउटा लिमिटसम्म' पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 12:06:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले खल्ती बाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै यो सुविधा ल्याइएको खल्तीले जनाएको छ। 

खल्तीकाअनुसार ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५००० र दैनिक ३ पटक वा रु. ५००० सम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जो कोहिले रु. ५०% सम्मको क्यासब्याक पाउनेछन्। जस्तै, यदि बैंक ट्रान्सफर शुल्क रु. २० भएमा, रु. १० क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ ।  

उक्त सुविधा सम्बन्धमा खल्ती डिजिटल वालेटका मार्केटिंग अफिसर, साकार केसीले भने, “हामीले ग्राहकहरुको अमुल्य सल्लाह तथा सुझावलाइ पहिलो प्राथमिकतामा राखि यस निःशुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याएका हौँ। हामीलाई विश्वास छ यो सेवाले ग्राहकहरुको समय र पैसा बचत गर्न थप टेवा पुर्याउनेछ”

खल्ती डिजिटल वालेटमा २० लाख भन्दा बढी प्रयोगकर्ताहरु जोडिएका छन्। खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ। 'खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिन्छ भने   मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved