‘खल्ती’ र स्वास्थ्य बीमा बोर्ड बीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 02:28:36 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सुविधा शुरु गरेको छ । यस संगै उपभोक्ताहरूले अब खल्ती मार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन्।

स्वास्थ्य बीमा बोर्ड नेपाल सरकार द्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना हो जस अन्तर्गत जो कोहीले कुनै पनि आर्थिक बोझ नलिई उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रयास गर्दछ। स्वास्थ्य बिमा भुक्तानीमा थप सहजता ल्याउनका लागि ‘खल्ती’ ले प्रयोगकर्ताका लागि यो सेवा ल्याएको त्यसैले स्वास्थ्य बीमा बोर्डको सेवा लिएका व्यक्तिले ले ‘खल्ती’ बाट समयमै प्रिमियम तिर्न सक्नेछन्। 

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने: “५० लाखभन्दा बढी नागरिकलाई समेट्ने यस प्रकारका अत्यावश्यक सार्वजनिक सेवाले जनतालाई डिजिटल भुक्तानी अपनाउन सक्षम बनाउँछ र हामी डिजिटल नेपालतर्फको अर्को पाइलाको रूपमा लिई अगाडी बढेका छौं ।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved