आइएमई पे मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 07:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पेले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक  हवाई टिकट  काट्नेको कुल संख्या हजारौं  पुगेको छ । कल तथा इमेल मार्फत पाउने सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको  यो सेवामा ग्राहकको संख्या बढेको जनाईएको छ ।

आइएमई पे एप मार्फत  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट(रिफन्डेबल फिचर पनि पाउन सकिन्छ।

आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बतए ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved