आइएमई पेद्वारा विदेशबाट पठाएको रकम प्राप्त गर्नेलाई बोनसको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 06:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले नयाँ अफर सार्वजनिक गरेको छ । मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५ सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको कम्पनीले जानेको छ ।

कम्पनीका अनुसार फागुन दस गतेबाट  सुरु भएको सो अफर  दुइ महिना सम्म रहने छ ।  अफर अन्तर्गत विदेशमा रहनु भएको सेवाग्राहीहरूले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा ५ सय रुपैयाँ  बोनस सम्म पाउन सकिन्छ  

मनि ग्राम  बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी,  इजी रेमिट,  इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ ।

आइएमई पे को बारेमाः

 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धितआइएमई पेमोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिमआइएमई डिजिटलदूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

 

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved