लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2021 | 04:11:30 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी (सोनाम) नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले ४ दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई  मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ सांसदले हस्ताक्षर बुझाएका थिए । उनको समर्थनमा संकलन भएको ४२ सांसदको हस्ताक्षर कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई बुझाएका थिए ।

बुधबार एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न समय उपलब्ध गराएका थिए । त्यसपछि गठबन्धनमा काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र गरी ४२ जना सांसदले केसीलाई समर्थन गरेका हुन् ।

३७ सांसद भएको एमालेले दाबी नै गरेन ।

नवनियुक्त मुख्यमन्त्री केसीले आजै पाँच सदस्यीय मन्त्रीमण्डल बनाउने छन् । काँग्रेसबाट डिल्ली चौधरी र जसपाबाट सहश्राम यादव मन्त्री बन्ने पक्का भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved