बुटवलबाट प्रदेश राजधानी सार्ने काम सुरु, यसो भन्छन् मुख्यमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 03:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरीमा सार्ने काम सुरु भएको छ । प्रदेश सभाले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको ५ महिनापछि राजधानी सार्ने काम सुरु भएको हो ।

देउखुरीमा पहिलो प्रदेश कार्यालयको रुपमा पूर्वाधार विकास प्राधिकरण बसेसँगै राजधानी सार्ने काम अघि बढेको हो । प्राधिकरणको कार्यालय राप्ती गाउँपालिकाको मौरिघाटमा बसेको छ । राप्ती नदीको खाली जग्गालाई व्यवस्थित गरी राजधानी देउखुरीलाई देशकै नमूना र विश्व स्तरीय शहरका रुपमा विकास गरिने मुख्यमन्त्री शंकर पोखरेलले बताए । राजधानी तोकिएको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको १, २ र ३ नम्बर वडा, अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको ८ र ९ नम्बर वडामा पर्ने जग्गालाई गुरुयोजना भित्र समावेश गरी विकास गरिने मुख्यमन्त्री पोखरेलको भनाई छ । 

गत असोज २० गते प्रदेशसभाले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा राख्ने र प्रदेशको नाम लुम्बिनी राख्ने टुंगो लगाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved