कृषि उद्यम केन्द्रको सल्लाहकारमा नियुक्त भएसँगै भवन भट्टले भने, ‘जापानी प्रविधि भित्र्याउन सहयोग गर्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 09:27:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र (एईसी) को सल्लाहकारमा भवन भट्ट नियुक्त भएका छन् । टीबीआई ग्रुपका अध्यक्ष एवम् गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भट्टलाई केन्द्रका सभापति अरुणराज सुमार्गीले सोमबार सल्लाहकारमा नियुक्त गरेका हुन् ।

भट्टलाई सल्लाहकारमा नियुक्त गर्दै सभापति सुमार्गीले विदेशी प्रविधि भित्र्याएर नेपालको कृषि उत्पादन बढाउन सल्लाहकार भट्टबाट यथेष्ट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

आफूलाई एईसीको सल्लाहकारमा नियुक्त गरेकोमा धन्यवाद दिँदै भवन भट्टले नेपालको कृषि क्षेत्रको बृहत्तर विकासका लागि आफूले जापानी प्रविधि भित्र्याउन सहयोग गर्ने र यसका लागि महासंघको कृषि उद्यम केन्द्रका तर्फबाट पहल र सहजिकरण आवश्यक रहेको बताए । जवाफमा सुमार्गीले जापानी प्रविधि भित्र्याउन आफ्नो तर्फबाट पहल गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । 

यसैबीच सभापति सुमार्गीले मंगलबार प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवसँग छलफल गरी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत कृषि क्षेत्रका कार्यक्रमहरु नीजि क्षेत्रसँग मिलेर अगाडी बढाउन अनुरोध गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved