मकवानपुरका दुई संस्थालाई निर्माण व्यवसायी महिला समन्वय समितिको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2024 | 09:40:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापनमा मकवानपुरका दुई संस्थालाई आर्थिक सहयोग उपलब्ध गराइएको छ। 

शनिवार विहान निर्माण व्यवसायी महिला समन्वय समितिका पदाधिकारीहरू र निर्माण व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरूको उपस्थितिमा आर्थिक सहयोग उपलब्ध गराइएको हो। सेन्टर फर अटिजम  र श्रीमद्भागवत ज्ञानसञ्चार वृद्धाश्रम लक्ष्मी वैंकेटेश मन्दिरलाई २५-२५ हजारको चेक उपलब्ध गराइएको हो ।

निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक गंगा पोख्रेलले समाजसेवा नै सबैभन्दा उत्कृष्ट सेवा भएकाले सबै पेशा र वर्गका मानिस समाजसेवामा लाग्नु पर्ने बताए।  निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्र चौलागाईले निर्माण व्यवसायी महिला समन्वय समितिको सहयोगप्रति आभार व्यक्त गरे। 

      


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved