युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2017 | 07:31:20 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिलिभर नेपाल लिमिटेडको प्रति कित्ता १२७० रुपैयाँ नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले नगद लाभांश प्रयोजनार्थ भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म अर्थात भदौ २९ सम्म कायम सेयरधनीहरुले मात्र नगद लाभांश प्राप्त गर्नेछन। 

कम्पनीले प्रति कित्ता १२७० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ। उक्त लाभांश कम्पनीको असोज २० मा बस्ने बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। 

हिन्दुस्तान युनिलिभर कम्पनीको सहायक कम्पनीको रुपमा संचालनमा रहेको युनीलिभर नेपालमा सर्वसाधारण नेपालीको २० प्रतिशत सेयर स्वामित्व र बाँकी ८० प्रतिशत हिन्दुस्थान युनिलिभर नेपालको छ।   




 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved