नेप्सेले दशैँपछि मात्र प्रमुख कार्यकारी पाउने, यस कारण लम्बियो नियुक्ति प्रक्रिया

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2017 | 05:27:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज, नेप्सेले नयाँ प्रमुख कार्यकारी अधिकृत पाउन दशैं नै पर्खनु पर्ने भएको छ। नेप्सेको सीईओ पदपूर्तिका लागि गठन भएको  छनौट तथा सिफारिस समितिको ढिलाईका कारण नेप्सेको सीईओ छनौट प्रक्रिया लम्बिएको हो।

पुंजिबजारलाई त्यस देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । तर नेपालको एक मात्र पुंजीबजार नेप्से गत असार २४ गते यता अर्थात झन्डै तीन महिनादेखि प्रमुख कार्यकारी बिहिन अवस्थामा छ। नेप्सेको प्रमुख कार्यकारी छनौट प्रक्रिया अन्यौलमा रहंदा एका तर्फ लगानीकर्तामा 'निराशा' छाएको छ भने अर्को तर्फ  पुंजी बजारको कार्यकारी छनौट प्रक्रिया पनि नेपालको राजनीति नियुक्तिको चपेटामा पर्ने पो हो कि भन्ने आशंका जन्मिएको छ। 

अर्थ मन्त्रालय मार्फत अघि बढेको नेप्सेको सीईओ छनौट प्रकृया अहिले पनि समिति मै अड्किएको छ। गत शनिबार अर्थात भदौ ३१ गते समितिले टप ५ मा परेका चन्द्रसिंह साउद, प्रमोदराज शर्मा, प्रविन पन्दाक लिम्बु, मनोज कुमार ज्ञवाली र सिताराम थपलियालाई ब्यवसायिक योजना प्रस्तुतीकरणका लागि डाकेको थियो। 

नेप्सेको सीईओ बन्ने दौडमा रहेका ५ प्रतिस्पर्धीले औशतमा करिब ४० मिनेट लगाएर आफ्नो ब्यवसायिक योजना प्रस्तुत गरेका थिए। समितिले असोज २ गते मात्र सबै प्रतिस्पर्धीलाई जानकारी गराई असोज ३ गतेका लागि अन्तर्वार्ताका लागि डाकेको छ। 

छनौट समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अगाबै ३ जनाको नाम छनौट गरेर मन्त्रीपरिषदमा पठाउने र असोज २ गते बस्ने मन्त्रिपरिषदको निर्णयबाट नेप्सेले नयाँ सीईओ पाउने अपेक्षा गरिएको थियो। तर यस्तो हुन सकेन। 

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको कार्यक्रम सकेर असोज १० गते नेपाल फर्किने कार्यक्रम रहेको छ। त्यस अर्थमा सम्भवत: नेप्सेले दशैं पछि मात्र प्रमुख कार्यकारी पाउनेछ। 


नेप्सेको सीईओको दौडमा नायिकादेखि बिमा बिज्ञसम्म, यस्तो छ अन्तिम ५ को योग्यता र अनुभव

      





 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved