मेगा बैंकले भदौ २७ गतेदेखि हकप्रद बिक्रि गरिरहेको छ। बैंकले १० बराबर ६.५ कित्ता सेयर अर्थात ६५ प्रतिशतका दरले भदौ २७ देखि असोज ३० सम्मका लागि हकप्रद बिक्रि खुला गरेको हो।
बैंकले २ अर्ब ९७ करोड बराबरको सय रुपियाँ अंकित २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ६३ कित्ता हकप्रद बिक्रि खुला गरेको हो। बैंकले हकप्रद निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
बैंकले २०७३ माघ ६ गतेसम्म कायम भएका शेयरधनीले मात्र हकप्रद भर्न सक्ने जनाएको छ । साथै गत माघ ९ गतेदेखि कारोबार रोक्का हुँदा नामसारी तथा दाखिल खारेज हुँन बाँकी शेयरधनीले भदौ १६ गतेसम्म प्रकृया पुरा गरेका शेयर धनीहरुले पनि हकप्रद भर्न सक्ने छन् । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडको कार्यालय र मेगा बैंकको सम्पूर्ण कार्यालयबाट हकप्रद भर्न सकिने छ।
हकप्रद निष्काशनपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५६ करोड पुग्ने छ । बैंकले गत बर्ष ७९ करोड १४ लाख नाफा गरेको थियो भने बैंकको जगेडा कोषमा रहेको एक अर्ब २८ करोड रहेको छ । बैंकले ८ अर्ब चुक्ता पूँजीको लागि नपुग ४३ करोड करोड रकम बोनसबाट पुर्याउने देखिन्छ । मेगा बैंक टुरिजम डेभलपमेन्ट बैंक मर्जरको तयारीमा छ । तर मर्जरले गति लिन नसकेपछि मेगाले आफै ८ अर्ब पुर्याउने तयारी गरेको हो ।