बेस्ट फाइनान्समा गाभिने भएपछि सिनर्जी फाइनान्सको कारोबार रोक्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 11:29:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सिनर्जी फाइनान्सको कारोबार रोक्का भएको छ  । सिनर्जीलाई बेस्ट फाइनान्सले गाभ्ने प्रक्रिया अघि बढाएपछि फाइनान्सको कारोबार रोक्का भएको नेप्सेले जनाएको छ  ।

बेस्ट फाइनान्स साविकको जनरल फाइनान्स कम्पनी हो  । कम्पनीको जेष्ठ १० गते भएको साधारणसभाले कम्पनीको नाम जनरल फाइनान्सबाट बेस्ट फाइनान्समा परिवर्तन गर्ने निर्णय गरेको थियो  । 

बेस्ट फाइनान्सले भदौ २७ गतेदेखि १२५ प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । हाल बेस्ट फाइनान्सको चुक्ता पुंजी १३ करोड २२ लाख छ  । १२५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी २९ करोड ७५ लाख पुग्ने छ  । बेस्ट फाइनान्सले गत आर्थिक बर्षमा  २ लाख ८६ लाख खुद नाफा गरेको थियो  ।  

त्यस्तै हाल सिनर्जीको चुक्ता पुंजी ४७ करोड ४४ लाख रहेको छ  । ७० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ८० करोड ६४ लाख पुग्ने छ  । कम्पनीले गत आर्थिक बर्ष १८ करोड ११ लाख खुद नाफा कमाएको थियो  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved