लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने सामान्य अंकले उकालो लागेको छ । आज नेप्से सूचक ०.६५ अंकले बढेर एक हजार १८०.३६ बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका कूल १६२ कम्पनीको नौ लाख १५ हजार १३६ कित्ता शेयर रु २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्रीबाट २१ करोड ८१ लाख ९८ हजार ९ सय ९८ कित्ता शेयर खरिद बिक्रि भएका छन् ।
आज सिद्दार्थ बैंकको संस्थापक शेयर सबै भन्दा धेरै २ करोड ३१ लाख बराबरको कारोबार भएको छ । त्यस्तै प्राइम कमर्शियल बैंकको शेयर १ करोड १५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेशनल लाइफ इन्स्योरेन्स, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायत रहेका छन् ।
आज लक्ष्मी बैंक लिमिटेडका लगानीकर्ताले सर्बाधिक ४.८४ प्रतिशत नाफा कमाएका छन् भने रैराङ हाइड्रोका लगानीकर्ताले सर्बाधिक ९.८५ प्रतिशत गुमाएका छन् ।
आज विकास बैंक, हाइड्रो, इन्स्योरेन्स र माइक्रोफाइनान्स बाहेकका समुहगत सूचक बढेका छन् ।