साउदलाई काममा फर्कन सर्वोच्चको आदेश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 15, 2018 | 02:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बर्खास्तीमा परेका नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदलाई काममा फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ ।  आफुलाई गैरकानुनी ढंगले हटाइएको भन्दै साउदले पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटको सुनुवाई गर्दै न्यायधिश डम्बरबहादुर शाहीको एकल इजलाशले साउदलाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश दिएको हो  । साथै अदालतले दुवै पक्षलाई साउन १६ गते छलफलको लागि डाकेको छ ।  छलफलपछि आजको आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने टुंगो लाग्ने छ ।  

 साउदले आफ्नो रिट निवेदनमा आफुले पनि लोकसेवा आयोगको जसरी नै परीक्षा दिएर कानुनी प्रकृयाबाट नियुक्त भएको र कार्यकाल पुरा नभई हटाउन नमिल्ने जिकिर गरेका थिए। 

असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले पुर्ववर्ति देउवा सरकारले गरेको पछिल्ला नियुक्ति खारेजी गर्ने निर्णय गरेको थियो।  सरकारको यस्तो निर्णयसंगै देउवा सरकारको पालामा नियुक्ति पाएका साउद सहित दर्जनौको पद गुमेको थियो । पद गुमेका मध्ये सर्वोच्च अदालतले हालसम्म सरकारी मुखपत्र गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यय, घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झा, सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र कर्जा सुरक्षण निगमको अध्यक्ष विष्णु मिश्रलाई पुनर्वहाली गरेको छ । अदालतले बर्खास्तीमा परेका यिनीहरुलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।यी सबैले प्रक्रिया र कार्यविधि पूरा गरेर नियुक्त भएको तर समयवाधि बाँकी हुँदै हटाइएर आफूहरुलाई गैर कानुनी रुपमा हटाएर अन्याय  गरेका भन्दै रिट दायर गरेका थिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved