'अनलाइन कारोबार सुरु भए पछि कमिशन दर घट्छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 08:32:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले कमिशन शुल्क घटाउने भएको छ  । बोर्डले लगानीकर्ताले कारोबार गर्दा भुक्तानी गर्नुपर्ने कमिसन शुल्क घटाउन अध्ययन समिति गठन गर्ने भएको हो ।

बुधबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्कीले कमिसन शुल्क घटाउन अध्ययन समिति गठन गरिने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पनि अनलाइन कारोबार प्रणाली सुरु भए पछि सेयर दलालहरुले लिँदै आएको कमिशन दर परिमार्जन गर्ने बताएका थिए । उनले  संस्था पनि चल्ने साथै लगानीकर्ताहरुलाई पनि राहत हुने किसिमको नयाँ कमिशन दर निर्धारण गरिने बताएका हुन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved