श्री इन्भेस्टमेन्टले पनि १ प्रतिशत मात्रै बोनस दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 01:43:04 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट १.२३ प्रतिशत बोनस तथा ८.७७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले गत आर्थिक वर्षमा ९ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो 

कम्पनीले १.२३ प्रतिशतका दरले हुन् आउने ९८ लाख ५० हजारको बोनस शेयर र ८.७७ प्रतिशतका दरले हुन् आउने ७ करोड १ लाख ६५ हजार बराबरको नगद लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ।  


यस अघि नेपाल कम्युनिटी डेभलपेन्ट बैंकले पनि १ प्रतिशत बोनस घोषणा गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved