सनराइज बैंक Sunrise Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २९ गतेको लागि साधारण सभा आह्वान गरेको हो । बैंकको साधारणसभा अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे सुरु हुनेछ ।
साधारणसभामा बैंकको सञ्चालक समितिको निर्णय बमोजिम लगानीकर्तालाई ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै साधारणसभाले संस्थापक र साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालहरुको निर्वाचन गर्नेछ ।
बैंक आफैँ वा सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सम्बन्धि कार्य गर्ने व्यवस्था थप गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुने बैंकले जनाएको छ ।
साधारणसभा प्रयोजनको लागि बैंकले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।