यी हुन् एजिएमको लागि पुस महिनामा बुक क्लोज हुने १९ कम्पनी, कसको कहिले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 03:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ साधारणसभा घोषणा गर्ने र सम्पन्न गर्ने क्रम बढेको छ | केहि कम्पनीहरुले साधारणसभा सम्पन्न गरिसकेका छन् भने केहि सम्पन्न नगरेकाले साधारणसभा घोषणा र सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिकामा शेयरधनीको दाखिला खारेज (बुक क्लोज) को मिति समेत घोषणा गरेका छन् | बुक क्लोज हुने अगिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्जबाट शेयर किनेकाले मात्र कम्पनीले प्रस्ताव गरेका लाभांश र संचालक निर्वाचन समेतको प्रस्ताव भएमा उम्मेदवार हुन र मतदान गर्न योग्य हुनेछन् |

  

कम्पनी

बुक क्लोज

प्रस्ताव

सिद्धार्थ बैंक

पौष ९ गते

५ प्रतिशत बोनस र ८.१६ नगद लाभांश

मिर्मिरे लघुवित्त

पौष १० गते

२४ प्रतिशत बोनस

एनएमवि बैंक

पौष १० गते

२० प्रतिशत नगद र १० प्रतिशत बोनस

स्वावलम्वन लघुवित्त

पौष १० गते

२५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद

गण्डकी विकास बैंक

पौष ११ गते

१४.२ नगद लाभांश

नेपाल इन्भेष्टमेन्ट बैंक

पौष ११ गते

२२ प्रतिशत नगद र १८ प्रतिशत बोनस

मिसन डेभलपमेन्ट बैंक

पौष ११ गते

११ प्रतिशत बोनस

कन्चन डेभलपमेन्ट बैंक

पौष १२ गते

५ प्रतिशत बोनस र ६.२९ नगद

आरम्भ लघुवित्त

पौष १२ गते

७० प्रतिशत हकप्रद

काबेली विकास बैंक

पौष १२ गते

३५ प्रतिशत बोनस

हिमालयन पावर पार्टनर

पौष १२ गते

वार्षिक प्रतिवेदन

सनराइज बैंक

पौष १२ गते

११.५ प्रतिशत नगद

ग्लोबल बैंक

पौष १३ गते

१६ प्रतिशत बोनस

नेपाल बंगलादेश बैंक

पौष १५ गते

१०.५३ नगद लाभांश

आरएसडीसि लघुवित्त

पौष १५ गते

१० प्रतिशत बोनस

महुली लघुवित्त

पौष १६ गते  

२० प्रतिशत बोनस

समिट लघुवित्त

पौष १७ गते

२३.५३ प्रतिशत बोनस र 

चिलिमे जलविद्युत कम्पनी

पौष १९ गते

५ प्रतिशत नगद र २० प्रतिशत बोनस

स्ट्याण्डर्ड चार्टड बैंक

पौष २९ गते

१७.५ नगद लाभांश


यो पनि : 

कुन कम्पनीको साधारणसभा कहिले ?

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved