नबिलको नयाँ म्युचल फण्डको इकाई बिक्रि खुला, २ सय प्रतिशतसम्म प्रतिफल दिने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 08:12:44 AM मा प्रकाशित

laxmi  sunrise bank

 नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटडले आज वैशाख ५ देखि सर्वसाधारणलाई नबिल ब्यालेन्स फण्ड २ को इकाई निष्काशन खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले चैत्र १० गते कम्पनीको  उक्त सामुहिक लगानी योजना स्वीकृत गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको व्यवस्थापनमा रहने यस योजनालाई  ‘नबिल ब्यालेन्स फन्ड–२’ नाम दिईएको छ । यो नबिल म्युचल फन्ड अन्तर्गत संचालन हुने छ ।  

कम्पनीले एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई सार्वजनिक निष्काशन गर्ने भएको हो। जस मध्ये  एक करोड ६८ लाख इकाई योजना नबिल बैंकको लागि र १२ लाख इकाई व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङका छुट्याइएको छ ।  बाँकि १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाई माग गर्नु पर्ने छ । प्रति इकाई १० रुपियाँका दरले सार्बजनिक निष्काशन हुन् लागेको हो ।

उक्त इकाईमा छिटोमा वैशाख ९ गतेसम्म र त्यस अवधिमा पुरा बिक्रि नभएमा  ढिलोको मिति अर्थात जेठ ३ गतेसम्म आवेदन दिन सकिने निष्काशन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ।  यस योजनाको अवधि इकाई बाँडफाँड भएको अवधिले १० वर्षसम्मको रहेको छ। अन्य आईपिओमा आवेदन दिए जसरी नै मेरो शेयर अनलाइन वा सीआश्वा प्रणाली मार्फत आवेदन दिन सकिने छ ।

यसमा लगानी गर्ने लगानीकर्तालाई कम्पनीले १० बर्षको अवधिमा कुल २ सय दशमलव ०८ प्रतिशतसम्मको प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तो छ नबिल इन्भेस्टमेन्टले गरेको १० बर्षको लागि बार्षिक प्रक्षेपण ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved