नेरुडे लघुवित्तको ८७ हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 07:38:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेरुडे लघुवित्तले ८७ हजार कित्ता बढी शेयरको लिलाम बिक्रि खुला गरेको छ  । कम्पनीले आज शुक्रबारदेखि ८७ हजार ३ सय कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो  । 

बिक्रि गरिने शेयरको न्युनतम मूल्य प्रति कित्ता २२० तोकिएको छ  । संस्थापक शेयर खरिद गर्न योग्य रहेका लगानीकर्ताले प्रति कित्ता २२० वा सो भन्दा बढी मूल्य कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ  । 

शेयर लिलाम प्रक्रियाको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । इच्छुकहरुले क्यापिटलको कार्यालय सुन्धारा वा प्राइम कमर्शियल बैंकको शाखा कार्यालयहरु बिर्तामोड, बिराटनगर, बिरगंज, भरतपुर र नेपालगंजबाट समेत आवेदन दिन सक्ने छन्  । 

भदौ २९ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved