नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी ) Nepal Credit & Commerce Bank Limited बैंकको साधारणसभा आज भदौ २३ गते हुदै छ। बैंकले २१ औ र २२ औ साधारणसभा गर्न लागेको हो । बैंकको साधारणसभा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा हुने छ ।
सभामा बैंकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश सम्बन्धि प्रस्ताव पेश हुने छ। बैंकले १ अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पश्चात बैंकको चुक्तापुंजी ८ अर्ब नाघ्नेछ।
यी बाहेक साधारणसभामा सहायक कम्पनी स्थापना गरी ब्रोकरको काम गर्ने, एफपिओ निष्काशन गर्न प्रबन्धपत्रमा संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पनि सभामा पेश हुने छन् । त्यस्तै सभाल३ ६ जना संचालक समेत चयन गर्ने छ ।
साधारणसभा प्रयोजनको लागि बैंकले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् सभामा पेश हुने बिशेष प्रस्ताव :