एनसेल प्रकरणमा जोडिए धितोपत्र बोर्डका अध्यक्ष दाबेदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 05:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको भावि अध्यक्षको रुपमा हेरिएका भिष्मराज ढुङ्गानाको नाम एनसेल प्रकरणमा जोडिएको खुल्न आएको छ। 

३ साता अगाडी एनसेल सहितका विषयसँग जोडेर राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गरेको थियो। छानविन समितिको प्रतिवेदनमा एनसेललाई श्रेष्ठले गैर कानुनी तरिकाबाट लाभांश लौजान सहयोग गरेको गरेको उल्लेख छ । 

उक्त प्रकरणमा ढुङ्गानको पनि नाम जोडिएको हो। एनसेललाई लाभांश विदेश लैजाँन अनुमति दिँदा ढुङ्गाना राष्ट्र बैंकका विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशकको रुपमा थिए। उक्त छानविन प्रतिवेदन मन्त्रिपरिषद्मा पुगी सकेको छ । राष्ट्र बैंक स्रोतका अनुसार एनसेललाई लाभांश लैजाने फाईलको मुचुल्का नै ढुङ्गानाले तयार पारेका थिए  ।स्रोत भन्छ ' अहिले विवादित बनेका श्रेष्ठले त्यस फाइलमा हस्ताक्षर गरेका हुन्' । 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्नको लागि योजना आयोगका सदस्य रामकुमार फुयाँलको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले ढुङ्गानासंगै निरज गिरी र डा. केशव प्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । गिरी बोर्डमै कार्यरत कार्यकारी निर्देशक हुन् । यी ३ मध्ये बोर्डको अध्यक्षमा ढुङ्गानाको सम्भावना उच्च भएको स्रोत बताउछ । तर ढुङ्गानाको नाम एनसेल प्रकरणमा जोडिएपछि अब सरकारको निर्णय कस्तो आउँछ चासोको विषय बनेको छ । ‘उक्त केशलाई प्रधानमन्त्रीले कुन रुपमा लिनुहुन्छ त्यसैमा भिष्मराज ढुङ्गानको अध्यक्ष पद निर्धारण हुन्छ ।’ स्रोतले भन्यो । 

यता ढुङ्गानाले भने एनसेल प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बिजपाटीलाई बताएका छन् । उनले बिजपाटीसँग कुरा गर्दै भने ‘ एनसेलले प्रक्रिया पुरा गरेर बैधानिक रुपमा लाभांश लगेको हो । यसमा कुनै गैर कानुनी काम भएको छैन ।' 

सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष नियुक्ति गर्ने र डेपुटी गभर्नर शिवराज श्रेष्ठको भविष्य निर्धारण गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved