स्वाभिमान लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 10:22:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वाभिमान लघुवित्तको  शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ९४९.१९ तोकिएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस २५ गते बुक क्लोज गरेको छ । पुस २४ गते कायम शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउने छन् ।  कम्पनीले माघ १० गते बुटवलको  डार्सिज इन्टरनेशनल होटलमा सभा आह्वान गरेको छ । कम्पनीले  २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि योग्य लगानीकर्ताले यो लाभांश पाउने छन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३३.३३ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved