ब्रोकर संघको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा सन्तोष मैनाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 10:12:18 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टक ब्रोकर एसोसियनको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मत चयन हुने भएका छन् । संघले साधारणसभा अगाडी नै सम्पूर्ण कार्यसमिति सदस्य सर्वसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो ।

मैनाली ब्रोकर नम्बर ३६ अर्थात् सेक्योक्योर्ड सेक्युरिटका सञ्चालक हुन् ।

त्यस्तै नयाँ कार्यसमितिको  उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरुमा रवीन्द्र श्रेष्ठ,फणीन्द्र ढकाल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका छन् ।

संघले शुक्रबार साधारणसभा आह्वान गरेको छ । सभामा नयाँ कार्यसमितिको निर्वाचन गर्ने कार्यतालिका रहे पनि संघले सभा हुनु भन्दा एक दिन अगाडी नै  सर्बसम्मत रुपमा चयन गर्ने निर्णय गरेको हो । निर्वाचन मण्डलले संघको निर्णयलाई अनुमोदन गरेसंगै नयाँ कार्यसमितिले औपचारिकता पाउने छ ।

भरत रानाभाट अध्यक्ष रहेको हालको कार्यसमितिको २ वर्षे कार्यकाल सकिएसंगै नयाँ कार्यसमिति चयन हुने भएको हो । 

संघको साधारणसभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पेश हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved