सानिमा माई हाइड्रोको लाभांश घोषणा

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 01, 2020 | 10:44:14 AM मा प्रकाशित

सानिमा माई हाइड्रो Sanima Mai Hydropower  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक्क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved