युनाइटेड मोदीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 09:15:56 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड मोदी हाइड्रोपावर United Modi Hydropower  को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि  पुस ५ देखि पुस ९ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेकोले आज पुस २ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीले पुस २२ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीले तिर्नु पर्ने कर सहित ५.२६३ प्रतिशतले हुन आउने ६ करोड ५ लाख २६ हजार ३ सय १५ रुपैयाँ ८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved