हिमालयन बैंकसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 10:04:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १३ गते सोमबार हिमालयन बैंक सहित ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

हिमालयन बैंकले पुस २७ गते, लुम्बिनी विकास बैंकले पुस २६ गते, मितेरी डेभलपमेन्ट बैंकले पुस २६ गते, र एनएमबि लघुवित्तले पुस २७ गते साधारणसभा आह्वान गरेका छन् । हिमालयन बैंकले १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद, लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद, मितेरीले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद र एनएमबि लघुवित्तले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

यी कम्पनीको साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved