५ महिनामा डेढ खर्ब बढीको धितोपत्र सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2021 | 04:37:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा नेपाल स्टक एक्सचेन्ज १ खर्ब ५० अर्ब बढीको थप धितोपत्र सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको पछिल्लो प्रतिवेदनले ७ महिनामा १ खर्ब ७७ अर्ब ३७ करोड बराबरको धितोपत्र सूचीकृत भएको उल्लेख गरेको हो ।

प्रतिवेदन अनुसार यस अवधिमा १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, ११ अर्ब ४१ करोड बराबरको साधारण शेयर, ५ अर्ब ८० करोड बराबरको बोनस शेयर, ७ अर्ब बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ७७ अर्ब ३७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

 समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ५ अर्ब ४ करोड बराबरको डिबेन्चर,२ अर्ब २ करोड बराबरको साधारण शेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर र ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८ अर्ब १० करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ मंसिरसम्ममा सूचीकृत ५ अर्ब ६१ लाख संख्याकोशेयर चुक्ता मूल्य ४९१ अर्ब २४ करोड रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.७ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved