सेयर टुक्र्याउने नेपाल लाइफको योजनामा कानुन बन्न सक्छ बाधक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 20, 2021 | 02:46:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम प्रतिशेयर अंकित मूल्य १०० लाई घटाएर ५० कायम गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेसंगै पुँजीबजारमा त्यसले तरङ्ग ल्याएको छ। कम्पनीले अहिले भएको शेयर संख्या दोब्बर हुने गरि शेयर खण्डीकरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अहिले भएको शेयर संख्या दोब्बर पार्ने र प्रति शेयर चुक्ता मूल्यलाई आधा अर्थात् ५० कायम गर्ने प्रस्ताव गरेको हो अर्थात् यदि कुनै शेयरधनीसँग १०० कित्ता शेयर छ भने उसको शेयर संख्या २०० हुन्छ भने प्रति कित्ता शेयरको अंकित मूल्य ५० हुन्छ । अंकित मूल्यको आधारमा शेयरधनीको सम्पतीको १० हजार नै रहन्छ । अर्थात यसले लगानीकर्तालाई घाटा गर्दैन। 

तर सेयरको मुल्य कम गराएर कम्पनीको सेयरमा लगानीकर्ताको पहुँच बढाउँन सेयर टुक्र्याउने अर्थात सेयर स्प्लिट गर्ने नेपाल लाइफको रणनीतिमा कानुन बाधक बन्न सक्ने देखिन्छ बजारमा कम्पनीको सेयर मुल्य अत्यधिक भएको अवस्थामा सिमित व्यक्तिको पहुँच मात्र रहने हुनाले कम्पनीको सेयर टुक्र्याउने अन्तराष्ट्रिय अभ्यास छ 

नेपालमा हालसम्म ५० रुपैयाँ अंकित शेयर मूल्य भएका कम्पनी छैनन् । नेपालको लागि यो नौलो अभ्यास भएकोले नेपाल लाइफ इन्स्योरेन्सले शेयर स्प्लिट गर्न कानुन बाधक हुन्छ कि भन्ने विषयमा पनि छलफल सुरु भएको छ । 

यो पनि : टेस्लाले १ पटक र एप्पलले ५टक गरेको थियो स्टक स्प्लिट, शेयर मूल्यमा के पर्यो असर ?

कम्पनी ऐन २०६३ ले पब्लिक कम्पनीको अंकित मूल्य प्रति शेयर ५० रुपैयाँ हुन सक्ने उल्लेख गरेको छ । ऐनको दफा २७ को २ मा भनिएको छ 'पब्लिक कम्पनीको शेयरको अड्ढित मूल्य प्रति शेयर पचास रुपैया वा दश अड्ढले भाग जाने सोभन्दा बढी अड्ढले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुनेछ ।'

त्यस्तै ऐनको दफा ५६ ले 'नियमावलीमा गरिएको व्यवस्थाको अधीनमा रही साधारण सभामा विशेष प्रस्ताव पारित गरी कुनै कम्पनीले कम्पनीको सबै वा केही शेयर पुँजीलाई अड्ढित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन गरेर आफ्नो शेयर पुँजी हेरफेर गर्न सक्ने ब्यबस्था गरेको छ।  नेपाल लाइफले साधारणसभामा  विशेष प्रस्ताव लगेर यस्तो ब्यबस्था गर्न खोजेकोले कम्पनीको योजनामा कम्पनी ऐन बाधक हुने देखिदैन ।

तर कम्पनीको योजनामा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बाधक हुने देखिन्छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा ४२ मा 'साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रति इकाई एकसय रुपैयाँ, डिवेञ्चरको हकमा प्रति इकाई एकहजार रुपैयाँ र सामूहिक लगानी योजना वा एकाङ्क अन्तर्गतको धितोपत्रको हकमा प्रति इकाई दश रुपैयाँ हुने' उल्लेख छ । 

अर्थात यस नियमावली शेयरको अंकित मूल्य ५० रुपैयाँ हुने परिकल्पना गरेको छैन ।  अत: बोर्डले यस नियमावलीलाई संशोधन नगरेसम्म नेपाल लाइफको शेयर स्प्लिट गर्ने योजना सफल नहुन सक्छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved