मोलुङ हाइड्रोले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 08:21:05 AM मा प्रकाशित

laxmi  sunrise bank

मोलुङ हाइड्रोपावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ६ गते आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

कम्पनीले सभामा आईपिओ निष्काशन प्रस्ताव सहित विभिन्न प्रस्ताव गर्ने छ । त्यस्तै कम्पनीको चुक्ता पुँजी तथा जारि पुँजी वृद्धि गर्ने, आईपिओ निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गर्ने, आईपिओ निष्काशनको लागि गर्नु पर्ने सम्पूर्ण कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, बैंक ऋण सार्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पनि पेश हुने छन् ।

कम्पनीले ओखलढुंगाको मोलुङ खोलामा ७ मेगावाटको आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved